४ असार, काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा दैनिक १५ भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका तथ्याङ्क छ । गत वैशाखमा मात्र काठमाडौंमा ५ सय ९६ दुर्घटना भएकोमा १८ को मृत्यु भएको थियो भने ३० गम्भीर घाइते भएका थिए । त्यस्तै, ३८० जना साधारण घाइते भएका थिए ।
उपत्यकामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म धेरै दुर्घटना हुने गरेको उपत्याका ट्राफिक कार्यालयले जनाएको छ ।
काठमाडौंमा कलंकी, सीतापाइला, नयाँ नैकाप, बालाजु, बाँसबारी, चन्डोल, बत्तीसपुलती, सिनामंगल, कोटेश्वर, हलचोक, चाबहिल, माछापोखरी, बबरमहल, नागढुंगा, जोरपाटी ओरालो तथा बूढानीलकण्ठको चपली घुम्ती धेरै दुर्घटना हुने स्थानमा पर्छन् ।
ललितपुरमा धोबीघाट चोक र हात्तीवनलाई ट्राफिक प्रहरीले ब्ल्याक स्पटका रूपमा राखेको छ । भक्तपुरको एसओएस चोक र लोकन्थलीदेखि मनहरा पुलबीचको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

![a'waf/ a]n'sL sl/a (M!% ah] aa/dxnaf6 dfOtL 3/tkm{ cfO/x]sf] af # v ^*#@ g+=sf] ldlg6«s ljkl/t lb;fdf uO{ af %^ k $%@) g+=sf] kx]nf] :s'6/nfO{ lsRb} / ;f]xL 6«sdf k5fl8af6 7f]ls+b} af !@ r (@(# sf] lghL sf/ . tl:a/ M /Tg >]i7, /f;; .](https://nepaldesh.com/wp-content/uploads/2015/08/Babarmahar-accident.jpg)











