२४ जेठ, काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनले मोहनराज रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित पदाधिकारीमा अध्यक्ष पदमा मोहन राज रेग्मी तथा महासचिवमा डिपी दाहाल रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष कृष्ण पौडेल निर्वाचित भएका छन् ।













