१९ जेठ, काठमाडौं । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच आज एकता भएको छ । काठमाडौंमा आज भएको एकता सम्मेलनपछि संगठनको नाम समेत परिवर्तत गरिएको छ । प्रेस सेन्टर नेपाल नाम दिइएको सो संगठनमा ४९९ सदस्यीय केन्द्रीय समिति समेत गठन गरिएको छ ।
संगठनको संयोजकका गोविन्द आचार्य रहेका छन् । माओवादीहरुको एकीकरणपछि ती दलहरु निकट पत्रकारहरुको नयाँ संगठन निर्माण गरिएको जानकारी संयोजक आचार्यले दिए ।













