काठमाडौंको बसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ। विकले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै जिल्ला न्यायाधीश हरिप्रताप केसीको इजलासले १० वर्ष कैद सजायँ सुनाएको हो।
बिहानै ट्युसन पढ्न गएकी संगीता मगर र सीमा बस्नेतमाथि विकले एसिड फ्याँकेर भागेका थिए। उक्त एसिड आक्रमणमा परी संगीता मगर र सीमा बस्नेत घाइते भएका थिए। फैसलापछि संगीताले आफूलाई न्याय मिलेकाले खुसी लागेको बताइन्। ‘मेरो अनुहार त सधैँलाई बिग्रियो, तर उसले पनि जेल बस्नुपर्यो। यत्रो अपराध गरेपछि ऊ उम्किन पाएन भनेर म खुसी छु,’ संगीताले प्रतिक्रिया दिइन्
संगीताकी आमा चमेली मगरले पनि आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएकी छिन्। ‘दस वर्षमा मेरी छोरीको अनुहार पहिले जस्तो त हुन्न तर उसको अनुहार बिगाररिदिनेलाई अदालतले सजायँ दियो केही राहत मिलेको छ,’ उनले भनिन्।
संगीतामाथि एसिड फ्याँकेर भागेका जीवनलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा दस वर्ष कैद मागी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।
जीवन र संगीताको प्रेम रहेको तर जीवनलाई दलित भनी दुव्र्यवहार गरिएको वयान समेत विकले विभिन्न संचारमाध्यमहरुलाई दिएका छन् । दुव्र्यवहारको विष्फोटका रुपम आफूले यस्तो गरेको उनले बताएका थिए । यस विषयमा भने उनीमाथिको दुव्र्यहारको कुरा कुनैपनि डलरवादी संघसंस्थाहरुmले उठाएका छ्रैनन् ।













