७ असोज, काठमाडौं । राजधानीको रत्नपार्क अवलोकन गर्ने अवलोकनकर्ताले असोज अन्तिम सातादेखि निशुल्क इन्टरनेटको सुविधा उपभोग गर्न पाउने भएका छन्।
महानगरको रत्नपार्क तथा रानीपोखरी इकाइका सहायक प्रमुख उमेश भण्डारीले रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको सुविधा दिन लागिएको जानकारी दिए।
एक वर्षसम्म बन्द रहेर पुनर्निर्माणपछि सञ्चालनमा आएको उक्त पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गरेका छन्। इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा रहेको छ।
२५ रुपैयाँ मात्र प्रवेश शुल्क लाग्ने रत्नपार्कमा निशुल्क इन्टरनेट उपलब्ध हुने भएपछि मानिसको आकर्षण झनै बढ्ने निश्चित देखिएको छ ।













