१ असोज, काठमाडौं । संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुले हस्ताक्षर गरेका छन् ।
शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसोसम्म चलेको थियो । कुल १० ओटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भएको हो । नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा सभासदहरुले हस्ताक्षर गरेका हुन् । गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो ।













