३० भदौ, काठमाडौं । ९ सूत्रीय माग राखेर आमरण अनसन बसेका चार युवाहरुले अन्ततः अनसन तोडेका छन् । सरकारले पठाएको पत्रमा आफूहरुका ७ वटा माग पूरा भएको तर अनशनकारीलाई पूर्णतः बेवास्ता गरेको आरोप लगाउँदै उनीहरुले अनसन तोडेका हुन् । संविधान जारी हुने दिन असोज ३ सम्म बाँकी २ माग पूरा नभए अर्को आन्दोलनमा जाने चेतावनी युवाहरुले विज्ञप्तीमार्फत दिएका छन् ।

प्रधानमन्त्रीको पत्र लिएर अनसनस्थलमा पुगेका कानुनमन्त्रीलाई भने आन्दोलनकारीले दुर्व्यवहार गर्दै जुत्ता र ढुङ्गामुडा गरेका थिए । मन्त्री फर्किएपछि उनीहरुले अनसन तोडेका थिए ।












