४ भदौ, काठमाडौं । वेदान्तचार्य डा. स्वामी प्रपन्नाचार्य (काले राई) को ९२ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको छ । लामो समयदेखि मधुमेहलगायत रोगबाट पीडित प्रपन्नाचार्यको राजधानीको पशुपति मृगस्थलीस्थित आश्रममा निधन भएको हो ।

प्रपन्नाचार्य राजाकालीन राजपरिषद सदस्य थिए । पशुपति क्षेत्र विकास कोषले केही वर्षदेखि स्वामीलाई आश्रम दिएपछि यहाँ बस्दै आएका थिए । कोषको अनुमतिमा शुक्रबार पेशुपति क्षेत्रमै समाधिस्थ गरिने आश्रमका स्वयंसेवकले जनाएका छन् ।
पााचथरमा किराँत चाम्लिङ राई कुलमा जन्मिएका काले राई ३० वर्षको उमेरपछि जोगीको साथ लागेर भारत प्रवेश गरेका थिए । त्यहाँ संस्कृत शिक्षाआरम्भ गरी वेदान्तचार्य बनेका थिए । उनले चारवेदको तुलनात्मक अध्ययन गरी विद्यावारिधि उपाधि हासिल गरेका थिए ।
उनले वेदमा के छ रु, प्राचीन हिन्दूविज्ञान, प्राचीन किरात इतिहास, किरातहरु मंगोलियाबाट आएका शरणार्थी होइनन्, मानवाधिकार भनेको के रु, केही सत्य केही असत्य, के ईश्वर छ रु, मन्मतिलहरी, महागुरु फाल्गुनन्दको जीवनी, करफोक स्वामीको जीवनी, योगी नरहरिनाथ अभिनन्दनग्रन्थ, काले राईका क्वााटी कवितासहित दर्जनौं पुस्तक लेखेका छन् ।












