२६ साउन, काठमाडौं । भूकम्पका परकम्पन जान कम भइरहेकाबेला मंगलबार बिहान काठमाडौं केन्द्रविन्दू भएर गएका कम्पनले राजधानीवासीलाई एकछिन त्रसित बनायो । काठमाडौंको कालिमाटी केन्द्रविन्दु भएर बिहान १० बजेर ४२ मिनेटमा ४ दशमलव ३ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिँदै घर बाहिर निस्किएका थिए ।

गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ३ सय ७५ भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।












