२३ साउन, काठमाडौं । काठमाडौंको कपनमा गाई काटेको भन्दै हिन्दू धर्मका अभियान्ताहरुले बौद्ध क्षेत्रमा प्रदर्शन गरेका छन् । कपनमा टाउको नभएको अवस्थामा गाइको शरीर भेटेपछि कपनवासीहरुले बौद्ध प्रहरी जानकारी गराएका थिए । प्रहरीले टाउको नभएको गाईको अर्धशरीर आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीयहरुले गौहत्या गर्नेलाई कारवाही गर्न माग गरेपछि शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएका हिन्दू धर्म अभियान्ता भरत जंगमले नेपालदेश डट कमलाई जानकारी दिए ।
गाईको हत्या भएको वा नभएको सम्बन्धमा प्रहरीले पोष्टमार्टम गर्ने तयारी गरेको छ । पोष्टमार्टमपछि हत्या भएको पुष्टी भए गौहत्या गर्नेलाई कारवाही गर्ने आश्वासन समेत प्रहरीले प्रदर्शनकारीलाई दिएको छ । हिन्दू अभियान्ता तथा योगीहरुले शुक्रबार राजधानीमा गरेको सभाको विरोधमा हिन्दू धर्मविरोधीले यस्तो कार्य गरेको दावी कमलनयानाचार्य नेतृत्वको धार्मिक अभियानमा संलग्न भरत जंगमले गरे ।












