१५ साउन, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले राजदूत नियुक्ति व्यक्तिको क्षमताको आधारमा गरिने बताउनुभएको छ । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा मन्त्री पाण्डेले राजनीतिक नियुक्तिको आधारमा हुने राजदूत नियुक्तिले कुटनीतिक सम्बन्ध बिग्रँदै गएको भन्दै व्यक्तिको क्षमता हेरेर मात्र नियुक्ति गरिने बताउनुभएको हो । उहाँले विदेशमा रहेका नेपालीको हक, हित र त्यहाँको कुटनीतिक सम्बन्ध विस्तार राजदूतको मुख्य कर्तव्य भए पनि अहिलेसम्म त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । नेपाल स्थित कुनैपनि राजदूतले कुनैपनि बेला उच्च ओहोदाका व्यक्तिलाई सहजै भेटवार्ता गर्न सक्ने तर विदेश स्थित नेपाली राजदूतले भने कुनै कर्मचारी, मन्त्री वा अन्य कसैलाई भेट्न सक्ने वाताबरण नरहेकाले आचारसंहिता लागू गर्नुपर्ने उहाँको भनाई छ ।












