२ वैशाख, काठमाडौं । युनएन पार्क नजिकको वागमती पुलमा एक पुरुषको शव फेला परेको छ । पुल र पिलरको चेपमा माथिपट्टी सुताएर राखिएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले भर्याङ राखेर शवलाई तल झारेको छ । शवको पहिचान भएको छैन । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
कसैले १०९१५ दिन अघि नै हत्या गरेर त्यहाँ शव राखिदिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव सडिसकेको छ ।
वागमती नदी पुलमा लुकामारी खेल्न गएका एक बालकले सबैभन्दा पहिले शव देखेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।












