दिल्लीका लागि मयन्क अग्रवाल र चिदन्बरम गौतमले पारी शुरु गरेका थिए । दुबैले पहिलो विकेटका लागि १५ रन जोडे । दिल्लीको स्कोर १५ रन भएको अवस्थामा आशिष नेहराले गौतमलार्इ ब्राभोको हातबाट क्याच गरार्इ पहिलो झट्का दिए ।
त्यसपछि ५ रन बनेको अवस्थामा मयन्क अग्रवाल पनि आउट भए । गौतमले ४ र अग्रवालले १५ रनमात्र बनाउन सके । आशिष नेहराले ७ रन बनाएका श्रेयस एयरकलार्इ आउट गरार्इ दिल्लीलार्इ तेस्रो झट्का दिए ।
त्यसपछि पनि दिल्लीको विकेट पतन रोकिएन । मोहित शर्मा २० रन बनाएका केदार माधवलार्इ पनि आउट गराए । त्यसपछि आएका युवराज सिंहलार्इ पनि ९ रन बनाएको अवस्थामा ब्राभो बलमा ईश्वर पाण्डेले क्यचा लिए । दिल्लीलार्इ ९९ रनमा पुन अर्को झट्का लाग्यो । यो बेला कप्तान ड्युमिनी ब्याटिङमा आए । उनी जम्मा ५ रन बनाएको अवस्थमा ईश्वर पाण्डेको बलमा आउट भए ।
त्यसपछि कोल्टरलार्इ अश्विनले क्लिन बोल्ड गरे । त्यसैगरी अमित मिश्रा वाइड बलमा रनआउट भए । अन्तिम ओभरमा दिल्लीलार्इ जितका लागि १९ रनको जरुरी थियो । अर्धसतक हानेका एल्बी मोर्केल क्रिजमा थिए । दिल्लीको अन्तिम आशा बाँकी नै रहेको थियो । ड्वेन ब्राभो अन्तिम ओभरमा बलिङ गर्न आए । मोर्केलले चौकाबाट ओभरको शुरुआत गरे । अघिल्लो बलमा सिंगल लिएका उनी तेस्रो बलमा उनी सुरेश रैनालार्इ क्याच थमाउँदै आउट भए ।
चौथो बलमा छक्का हानेर मोर्केलले टिमलार्इ जितबाट ८ रन नजिक पुर्याए । पाँचौ बलमा मोर्केलले २ रन लिए । ओभरको अन्तिम बलमा दिल्लीलार्इ जितका लागि छक्का चाहिएको थियो । ब्राभोले अन्तिम बल फ्याकेँपछि त्यसबाट चार रनमात्र बन्यो । चेन्नईले योखेल एक रनले जित्दै आफ्नो पक्षमा पार्यो । एल्बी ५५ बलमा ७३ रन बनाउँदै नटआउट रहे ।

चेन्नईको चेपक स्टेडियममा भएको खेलमा चेन्नर्इका ओपनर ड्वेन स्मिथले शानदार शुरुवात दिलाए । पहिलो ओभरको अन्तिम बल डट रह्यो तर स्मिथले दोस्रो, तेस्रो, चौथो र पाँचौ बलमा स्मिथले चौका निकाले
चेन्नईका लागि स्मिथसँग मिलेर ब्रेन्डन म्याकुलम ब्याटिङमा उत्रेका थिए । कोल्टर निलको बलमा म्याकुलम युवराज सिंहलार्इ क्याच थमाउँदै चार रन बनाएको अवस्थामा आउट भए । त्यसपछि आएका सुरेश रैना ४ रन बनाएको अवस्थामा कोल्टरका दोस्रा शिकार भए । त्यसपछि स्मिथलार्इ साथ दिन आएका फ्या डुप्लेसी र स्मिथ मिलेर ३३ रनको साझेदारी गरे । इमरान ताहिरले स्मिथलार्इ आउट गरेपछि चेन्नर्इ अफ्ठेरोमा पर्यो ।
स्मिथपछि प्लेसीले ३२ रन बनाएको अवस्थामा कप्तान ड्युमिनीका शिकार भए । जडेजासँग उनले २९ रनको साझेदारी गरे । त्यसपछि कप्तान धोनी ब्याटिङमा आए । जडेजाले १७ रन बनाए । त्यसपछि डोमनिक जोसेफले ड्वेन ब्राभोलार्इ आउट गराए । सातौं विकेटको साझेदारीका लागि आएका अश्विन र धोनी मिलेर स्कोर १४८ सम्म पुर्याए । कोल्टर अन्तिम ओभर फ्याक्न आए । त्यसमा धोनीले १३ रन बटुले । तर पाँचौ बलमा मयन्क अग्रवाललार्इ उनले क्याच थमाए ।
धोनी २७बलमा ३० रन बनाउँदै आउट भए । अन्तिम बलमा मोहित शर्माले २ रन लिँदै स्कोर १५० सम्म पुर्याए । अश्विन १२ र मोहित २ रन बनाउँदै नटआउट रहे । आईपीएलको दोस्रो खेलमा दिल्लीका कप्तान जेपी ड्युमिनीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।













