२४ चैत, काठमाडौं । तीस दलीय मोर्चाले गरेको बन्दको पहिलो दिन मंगलवार विहानैदेखि बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड र आगजनी गरे ।
मध्यान्ह प्रहरी र प्रदर्शनकारीबीच झडप भई अस्तब्यस्त बनेको काठमाडौको विजुली बजार क्षेत्रमा बन्द उलंघन गरेको भन्दै दुईटा मोटरसाइकल जलाएका छन ।
जलाइएका दुइटा मोटरसाइकलमध्ये यो हो बा २ प ६६५५ नम्बरको सी बी जेड मोटरसाइकल ।
मोटरसाइकल लडाएर आगो लगाएपछि बन्दकर्ताहरुले मोटरसाइकल चालकलाई समेत कुटपीट गरेका थिए । मोटरसाइकलमा आगो लगाएपछि चालकलाई कुटेको समेत यो तस्वीरमा देखिन्छ ।
मोटरसाइकल चालकलाई प्रहरीले सुरक्षा दिँदै आगजनी गर्ने बन्दकर्ताहरुलाई लखेटेको थियो । आधा जलेपछि प्रहरीले नजिकैको हिलो छ्यापेर यो मोटरसाइकल ध्वस्त हुनबाट बचाएको थियो ।












