१६ चैत, काठमाडौं । काठमाडौमा सोमबारदेखि दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा सुरु भएको खेलमा ३५ खेलाडी सहभागी छन् ।
सहभागीमध्ये २६ पुरुष ९ महिला छन् भने ३ जना जुरी टिम छन् । गत अप्रिल १८ तारिकमा हिम पहिरोमा परी मृत्यु भएका पर्वतारोहण तथा रक क्लाम्बिङ स्पोटर्स एशोसियसनका केन्द्रीय सदस्य दोर्जे खत्रीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाललाई रक क्लाइम्बिङ तथा वाल क्लाइम्बिङ खेलका लागि उत्कृष्ट गन्तव्य बनाउनका लागि निरन्तर आयोजना गरिरहेको एशोसियसनले जनाएको छ । संघले रक क्लाइम्बिङ तथा वाल क्लाइम्बिङका लागि वालको समेत निर्माण गरेको छ । मंगलबारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले गरेका थिए ।













