साविकको उपविजेता श्रीलंकाविरुद्ध कीर्तिमानी जित हात पार्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । यो विश्वकपको नकआउट चरणमा कुनै पनि टीमले हात पारेको ठूलो जित हो ।
श्रीलंकाले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि क्विन्टन डिककले अविजित ७८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।













