काठमाडौं, ३० फाल्गुन । विश्वकप क्रिकेट अन्तरगत समूह ए को खेलमा अस्ट्रेलियाले स्टकल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । होबर्टमा वर्षाले खेललाई प्रभावित गरेता पनि स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य अस्ट्रेलियाले मात्र ३ विकेट गुमाउँदै १५.३ ओभरमा उक्त लक्ष्य भेटाएको थियो ।
अस्ट्रेलियाका लागि ओपनिङ गरेका कप्तान माइकल क्लर्कले सर्वाधिक ४७ रन बनाए तथा डेभिड वार्नरले ६ बलमा २१ रनको धुँवादार पारी खेले ।यसअघि मिचेल स्टार्कले ४ विकेट लिएपछि स्टकल्याण्ड २५ ओभरमा १ सय ३० रनमा सिमिति बनेको थियो । स्टार्कसँगै प्याटकमिन्सले ३ विकेट लिए ।
स्कटल्याण्डका लागि म्याट म्याचले सर्वाधिक ४ विकेट लिए ।













