१९ पुस, ललितपुर । विगतमा ३ पटकसम्म चोरी भएर फेला पारेको पुरातात्विक मूति गएराति फेरि चोरी भएको छ । ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको सुनको जलपयुक्त मूर्ति चोरी भएको हो ।
गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला मूर्ति नदेखिएपछि चोरी भएको खुलेको हो ।
चोरिएको मूर्ति डेढ फिट उचाईको थियो भने पित्तलले बनाइएको मूर्तिमा सुनको जलप लगाइएको थियो । चोरिएको मूर्तिको खोजीकार्य तीव्ररुपमा भैरहेको प्रहरीले जनाएको छ ।













