५ कात्तिक,दैलेख । दैलेखमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । एकजनाको शुक्रबार राति घटनास्थलमा र दुईजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोजले जानकारी दिए। दुर्घटनमा ८ जना घाइते भएका छन् ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।












