२७ असार, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान भैरहेको स्थानमा दर्जनौंको ज्यान जाने गरी अज्ञात समूहले फ्याँकेको बम ज्यान नै जोखिममा राखेर कम्पाउण्डबाहिर फ्याक्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानाको खुब प्रशंसा भयो । उनलाई फोन गरेरै गृहमन्त्री जनार्दन शर्माले पुरस्कृत गर्ने आश्वासन पनि दिए । गृहमन्त्रीको यो आश्वासनले उनलाई राम्रै पुरस्कार सरकार वा प्रहरी संगठनले दिने अपेक्षा गरिएको थियो । तर उनले १ हजार रुपैयाँको पुरस्कार पाएका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले रानालाई १५ सय रुपैयाँको पुरस्कार दिएको हो ।
समयमा साहसिक काम गर्ने अर्का प्रहरी धनप्रसाद कुमाल तथा जवान दलबहादुर आलेलाई पनि सोही रकमको पुरस्कारले पुरस्कृत गरिएको हो । पुरस्कृत तीनैजना प्रहरी आयुक्त कार्यालय मातहत कार्यरत छन् ।
कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेर साहसिक काम गरेको जनाइएको छ ।













