१८ असार, काठमाडौं । सोमबार विहानैदेखि नेपालीका लागि एउटा खुशीको खबर छ । त्यो के भने सबै इन्धनको मूल्य घटेको छ । खाना पकाउने ग्यासदेखि मट्तिेल, डिजेल र पेट्रोल सबै इन्धनको मूल्य सोमबारदेखि लागू हुने गरी घटाइएको हो ।
नेपाल आयल निगमले आइतबारको रात समाप्त भएर असार १९ गते सोमबार सुरु हुने समय अर्थात राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।
निगमले तीनवटै पेट्रोलियम पदार्थमा २र२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।
यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।
यस्तै डिजेल र मट्टितेल लिटरमा २र२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएकोले मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।
विगत केही समयदेखि इन्धनको मूल्य लगातार घटेको छ । यसले आफ्नै सवारी साधन हुने व्यक्तिलाई राहत भएको छ भने सार्वजनिक सवारी साधन प्रयोग गर्ने व्यक्ति लगातार शोषणमा पर्दै आएका छन् । किनभने इन्धनको मूल्य जति घटे पनि सार्वजनिक सवारी साधनको मूल्य भने घटाइएको छैन ।













