१९ वैशाख, काठमाडौं । नेकपा एमालेले अन्तिममा आएर विद्यासुन्दर शाक्यलाई काठमाडौंको मेयरमा किन चयन गर्यो भन्ने विषय यतिवेला बहसको विषयमा बनेको छ । पहिले पनि काठमाडौंको मेयरमा राम्रो छवि बनाएका केशव स्थापित लगायतका प्रभावशाली व्यक्ति आउट हुनुमा र शाक्य चयन हुनुमा केपी ओलीको निगाह रहेको बुझिएको छ । पार्टी अध्यक्ष ओली निकट भएकै हुनाले उनलाई जिताउनका लागि ओलीले राप्रपासँग तालमेल गरेरै शाक्यलाई उम्मेदवार बनाएका हुन् ।
काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्य काठमाडौंको वडा २१का दुई पटकका वडा अध्यक्ष हुन्। उनले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए। शाक्य २०२० जेठ ९ गते काठमाडौँको लगनटोलमा जन्मिएका हुन्। उनले व्यवस्थापन संकायमा स्नाताक गरेका छन्। शाक्यको राजनीति २०३६ सालको जनमत संग्रहको तापमा सुरु भएको हो। पहिलोपटक उनी २०४९ सालमा २९ वर्षको उमेरमा वडाध्यक्ष बनेका थिए।













