२० भदौं, दिङ्ला । भोजपुरको उत्तरी दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रामचन्द्र महतोको निधनको खवरले भोजपुर बासी शोकमा डुबेका छन् । भारतको बेगुसराय विहार घर भई २६ बर्ष देखि नेपाल आई अरुण उच्च मावि दिङ्लामा निरन्तर अध्यापन गराउदै आएका महतोको गएराती भारतको पटनामा निधन भएको थियो । सामान्य विरामी भएर घर गएका महतोको उपचारका क्रममा पटनामा निधन भएको थियो । निधनको खवर आउनासाथ दिङ्लाका जनता शोकमा परिणत भएका छन् ।
शिक्षकहरु मध्ये सबै भन्दा ईमान्दार र कामप्रति लगनशील ५५ बर्षीया महतोको रिदय घातका कारण मृत्यु भएको हो । उहाँ लामो समय देखि उच्च रत्तचापको समस्याबाट पिडित हुनुहुन्थ्यो । २६ बर्ष विज्ञान, गणित विषयको अध्यापन गराउदै आउनु भएका महतोको निधनको खवर पाएसंगै शोक शभा सहित उहाँले अध्यापन गराउदै आएको अरुण माध्यमिक विद्यालय एक दिनका लागी बन्द गरिएको छ ।
विद्यालयका पुर्व अध्यक्ष गुरु प्रसाद राईले २०४७ सालदेखि अविछिन्न रुपमा अरुण उच्च माविमा रहि आफुसंग २०६८ सालसम्म काम गर्दा उहाँ अत्यन्तै मेहनती र आफ्नो काम प्रति लगनशील रहेको स्मरण गर्नु भयो । उहाँले लगनशील र कर्तब्यपरायण शिक्षक महतो विदेशी हुनुको कारण स्थायी हुने अवसरहरुबाट बञ्चित रहँदै आउनु परेको गुनासो समेत गर्नुभयो । विद्यालयमा कार्यरत शिक्षकहरुले महतो कार्यरत रहेकै अवस्थामा दिवङ्गत हुनुभएको भन्दै उहाँको योगदानको कदर गर्दै सरकार र सम्बन्धीत विद्यालयले पनि सहयोग गर्नु पर्ने धारणा राखे । महतोका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।













