१ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्न माग गरेको छ । अखिल क्रान्तिकारी प्रदेश नम्बर ३ ले आज काठमाडौंमा प्रदर्शन गर्दै सिण्डिकेट अन्त्य गर्न माग गरेको हो । सिण्डिकेटका कारण सवारी दुर्घटना बढेको भन्दै क्रान्तिकारीले तत्काल यसतर्फ ध्यान दिन माग गरेको हो ।
त्यस्तै अखिल क्रान्तिकारीले काभ्रे वस दुर्घटनामा घाइतेको निशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।













