२८ मंसिर, काठमाडौं । अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई त्यहाँको कलेज, शिक्षा, रहन–सहन र अन्य ज्ञानमुलक जानकारी दिने उद्देश्यले विहीबार काठमाडौंमा एक सेमिनारको आयोजना गरिएको छ । वैदेशिक शिक्षा परामर्शदाता संस्था राफल्स एडुकेयरले अस्ट्रेलियाका शिक्षा परामर्शदाताको उपस्थितिमा सेमिनारको आयोजना गरेको हो ।
काठमाडौंको पुतलीसडकस्थित एडुकेयरको प्रधान कार्यालयमा आयोजित सेमिनारमा अस्ट्रेलियाले अबलम्बन गरेको नयाँ शिक्षा नीति तथा भिसाको अवस्थाबारे अस्ट्रेलियाली परामर्शदाताले जानकारी गराएका थिए । भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा आयोजित सेमिनारमा नेपाली विद्यार्थीको आकर्षण रहेका अध्ययन क्षेत्रबारे जानकारी गराइएको राफल्स एडुकेयरका संचालक दिनेश ढकालले जानकारी दिए ।
सेमिनारमा भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीका मार्केटिङ्ग जनरल म्यानेजर अब्दुल मामुमले कलेजमा अध्यापन गराइने इन्फरमेशन टेक्नोलोजी तथा अन्य कोर्षका बारेमा जानकारी गराएका थिए । यी विषय अध्ययनका लागि नेपाली विद्यार्थीले अपनाउनुपर्ने प्रक्रिया, शैक्षिक शूल्कलगायतका विषयमा विद्यार्थीहरुलाई उनले जानकारी गराएका थिए ।
त्यस्तै अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श सेवा दिँदै आएका संस्था तथा इन्स्टिच्युटहरुले विद्यार्थीहरुलाई परामर्श दिँदा अस्ट्रेलियाले अपनाएको नयाँ नीतिबारे राम्रोसँग जानकारी दिनुपर्ने मामुमले वताए ।
अस्ट्रेलियामा अध्ययन गर्न नेपाली विद्यार्थीको आकर्षण बढ्दै गए पनि त्यहाँको अवस्थाबारे विस्तृत जानकारी र राम्रो परामर्शको अभावमा कतिपय विद्यार्थीले अस्ट्रेलिया पुगेपछि दुःख पाउने गरेकोले राफल्स एडुकेयरले समय–समयमा विद्यार्थीलक्षित यस प्रकारका सेमिनार तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिँदै आएको सो इन्टिच्युटले जानकारी दिएको थियो । यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरु पनि लाभान्वित हुने भएकोले धारणा सेमिनारमा सहभागी विद्यार्थीहरुले राखेका थिए ।
१२ कक्षा पास गरिसकेका र त्यसभन्दा माथिल्लो तहको थप अध्यन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको राफल्स एडुकेयरका संचालक दिनेश ढकालले बताए । सहभागीहरुलाई सेमिनारमार्फत निःशूल्क परामर्श दिइएको उनले जानकारी दिए । विगत १३ वर्षदेखि संचालित राफल्स एडुकेयरले अस्ट्रेलियालगायत, अमेरिका, युरोप र न्युजिल्याण्डमा अध्ययन गर्ने विद्यार्थीका लागि परामर्श सेवा उपब्ध गराउँदै आएको पनि ढकालले बताए ।















