२१ साउन, काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ । युवकलाई ठक्कर दिने सवारी साधनको भने पहिचान हुन सकेको छैन ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ । अन्दाजी २२÷२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको देखेपछि स्थानीयवासीले बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।













