२६ असार, काठमाडौं । पाल्पाको तिनाउ खोलामा आएको बाढीले गए राति जीप बगाउँदा विहेभोज खाएर फर्किका ४ जना बेपता भएका छन्। माथागढी ३ र तानसेन ९ को सीमानामा रहेको सराईस्थित तीनाउ खोलाले लु१ज १२१७ नम्बरको जीप बगाएको हो।
आइतबार साँझ देखिको भएको अविरल वर्षाका कारण तिनाउमा बाढी आएको छ । विहे भोज खाएर राति अबेर
जिपमा फर्किका व्यक्ति चढेको जिप विहान करिब १ बजेको समयमा बाढीले बगाएको थियो । तानसेन १ की उषा श्रेष्ठ, माथागढी १ का तिलवीर गाहा र उनकी श्रीमती माया गाहा तथा पदमबहादुर कुँवर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जीप चालक शक्ति श्रेष्ठले खोलाको बिचमा जीप अड्एकिएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए। उनलाई जीपको छतबाट आफन्तहरुले उद्दार गर्न सफल भएको बताइएको छ। अन्यलाई जीप उद्दार गर्ने क्रममा जिप बाढीले बगाएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य गरिरहेको छ । अत्याधिक वर्षा र बाढीका कारण खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ।













