२४ असार, काठमाडौं । करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा गर्दै अएका पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शाक्यले सुसाइट नोट लेखेर शुक्रबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उनी चलचित्र निर्माणमा समेत लागेका थिए । उनले हालै मात्र ब्ल्याक डायरी नामक चलचित्र निर्माण गरेका थिए ।
गौरीघाटमा बस्दैआएका पत्रकार शाक्यले शुक्रबार राति आत्महत्या गरेका हुन् ।
आत्महत्याको बारेमा विस्तृत जानकारी आइसकेको छैन । प्रहरीका अनुसार घटनास्थल गौरीघाटबाट सुसाइट नोट भेटिएको छ । परिवारको चाहना पूरा गर्न नसकेको कारण आत्महत्या रोज्नुपरेको नोटमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
मिलनसार स्वभावका शाक्यको आत्महत्याले नेपाली चलचित्रकर्मी तथा तथा पत्रकारहरुलाई स्तब्ध बनाएको छ ।













