२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएकी छन् ।
५० राज्यमध्ये १२ को मत परिणाम आएको छ । जसमध्ये क्लिन्टनले ६८ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ३७ इलेक्टोरल भोट पाएका छन् । जसअनुसार ३१ इलेक्ट्रोल मतले ट्रम्प पछाडि परेका छन् ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ । द सन पत्रिकाको पछिल्लो सर्वेक्षणले पनि क्लिन्टन विजयी हुने देखाएको थियो ।
यो पनि हेर्नुहोस्
अमेरिकी राष्ट्रपति निर्वाचन: क्लिन्टनको ५१ र ट्रम्पको ४९ प्रतिशत!












