१० साउन, काठमाडौं । नेपाल वान टेलिभिजन काठमाडौमा जारी प्रथम सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
गोलपोस्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सोमबारबाट ललितपुरमा सुरु प्रतियोगिताको पहिलो खेलमा नेपाल वान टेलिभिजनले कान्तिपुर टेलिभिजनसंग दुईदुईको वरावरी खेलेको थियो भने दोश्रो खेलमा दबदवाकायम राख्दै सेतापाटी अनलाईनलाई १६ का विरुद्ध शून्य गोलले पराजित गर्यो ।
क्वाटर फाईनलका खेलहरु मंगलबार हुनेछन् भने फाईनल खेल बुधबार हुने छ । लिगकम नकआउटमा हुने खेलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।














