४ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला भोलि वुधबार घर फिर्ने भएका छन् । गम्भीर विरामी परी चावहिलस्थित ओम अस्पतालमा उपचा गराइ रहेका कोइरालालाई आज मंगलबार डिस्चार्ज गरिने भनिए पनि केही कारणवश भोलि मात्रै डिस्चार्ज गरिने भएको अस्पतालले जनाएको छ ।
कोइरालाको औषधी आज सकिएको भए पनि औषधी सकिएपछिको अवस्था जाँच गर्नका लागि भोलि मात्रै डिस्चाज गर्न लागिएको अस्पतालले जनाएको छ । पूर्ण स्वास्थ्य लाभ गरी कोइराला वुधबार विहान १० बजे घर फर्कने उनका सहयोगीहरुले जानकारी दिएका छन् ।













