३ असार काठमाडौ । फ्रान्समा जारी युरो कप फुटबलमा विश्व च्याम्पियन जर्मनी पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा विश्व च्याम्पियन जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो। दुवै टोलीले बराबरीमा रोकिएसँगै समूहचरणको अन्तिम खेल अगाडि नै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्ने मौका गुमाएका छन्।बराबरीसँगै अंक बाँडेका जर्मनी र पोल्याण्ड ४–४ अंकका साथ समूह सीको पहिलो र दोस्रो स्थानमा छन्। युक्रेनमाथि जित दर्ता गरेको नर्दन आयरल्याण्ड ३ अंकका साथ तेस्रो स्थानमा छ।
युक्रेन भने अंकबिहीन छ । ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि जर्मनीले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो। विश्व च्याम्पियन जर्मनीले पहिलो खेलमा युक्रेनलाई २–० ले पराजित गरेको थियो भने पोल्याण्डले नर्दन आयरल्याण्डलाई पराजित गरेको थियो। लगातार दुई खेलमा पराजित भएको युक्रेन भने समूहचरणबाटै घर फर्किएको छ।














