३ असार, काठमाडौं । सर्वोच्च अदालतका न्याधीशको सिफारिश लगायतका विषयमा विवादित बनेको न्यायपरिषद्माथि वहालवाला न्यायधीशले नै रिट दायर गरेका छन् । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हन्।
न्याय क्षेत्रमा पुर्याएको योगदानको परिषद्बाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दिएका हुन्।
सिद्दिकी मुस्लिम समुदायबाट हिन्दूशास्त्र अन्तर्गतको ‘मनुस्मृति’मा गत वर्ष विद्यावारिधि गर्ने व्यक्ति हुन्। उनले न्यायपरिषद्बाट अन्य न्यायधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन्।













