३२ जेठ, काठमाडौं । घरबाट एकाविहानै मर्निङ वाकमा निस्किएका व्यक्ति अस्पतालको चौथो तल्लामा पुगेर हाम्फालेपछि काठमाडौँ मेडिकल कलेज (केएमसी) मा हंगामा भएको छ । केएमसी अस्पताल सिंनामंगलको चौथो तलाबाट हामफालेर ५२ वर्षीय गोपीकृष्ण बस्ताकोटीले मंगलबार विहान आत्महत्या गरेका हुन् ।
मंगलबार बिहान घरबाट करिब पाँच बजे मर्निङ वाकमा निस्किएका बस्ताकोटीले अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कामपा ७ चाबहिलबाट मर्निङवाक निस्किएका गोपिकृष्ण मंगलबार बिहान करिब ७ बजे केएमसी अस्पतालको चौथो तलाबाट हाम फालेका हुन् । हामफाल्दा गम्भीर घाइते गोपिकृष्णको उपचारका क्रममा बिहान आठ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अस्पतालको चौथो तलामा गोपिकृष्णले लगाएको जुत्ता फेला पारेको छ भने उनको गोजीमा सुसाइड नोट भेट्टाएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले भने, ‘घटनाको विषयमा अनुसन्धान भइराखेको छ । यथार्थ विवरणका लागि हामीले अस्पतालसँग सिसिटिभी फुटेज मागेर अनुसन्धान अगाडि बढाएका छौँ ।ु
उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । उनको खल्तीमा भेटिएको सुसाइट नोटमा परिवार र अस्पतालको दोष नरहेको र सबै दोष आफ्नै रहेको उल्लेख छ । उनले परिवारलाई खबर गरिदिनु भन्दै ९८४१४१०१४६ नम्बर उल्लेख गरेको प्रहरीले जनाएको छ ।













