१५ मंसिर, काठमाडौं । एकीकृकीत माओवादी छाडेर हिँडेका लोकेन्द्र विष्ट मगर फेरि पार्टीमा फर्किएका छन् । पूर्वमन्त्री समेत रहेका विष्ट मगरले एमाओवादीको शैलीप्रति चित्त नबुझेर पार्टी छाडेर हिँडेका थिए । उनले पार्टी छाडेर भकुण्डेवेँसीमा कालो धानको खेती तथा तरकारी गरेर बसेका थिए ।
तर आज सुरु भएको एमाओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डले पार्टीभित्रको भ्रष्ट्राचार निर्मूल पार्ने प्रस्ताव गरेसँगै विष्ट पुरानै जिम्मेवारीमा फकिएका छन् । विष्टले मंगलबार साँझ फेसबुकमार्फत यो कुराको सार्वजनिक गरेका छन् । उनले लेखेका छन् – ‘८ महिना पछि पूर्ववत् जिम्मेवारी अर्थात् एमाओवादी पार्टीको केन्द्रीय समितिको स्थायी समिति सदस्य, ज.व.स., मोर्चा, विभाग लगायत ६ वटा जिम्मेवारीमा आजै फर्किएको अवस्था।’
विष्ट स्थायी समितिको जिम्मेवारीमै फर्किएपछि कार्यकर्ताहरुले भने असन्तुष्टी जनाउँदै उनको फेसबुक भित्तामा असन्तुष्टी पोखेका छन् । कसैले खुशी समेत व्यक्त गर्दै बधाइ दिएका छन् ।
उनले गत साउनमा पार्टीमा राजिनामा दिएका थिए भने त्यो भन्दा छ महिनापहिलेदेखि पार्टीको काममा निस्क्रिय थिए । तर विष्ट स्वयम्ले ८ महिनादेखि पार्टीको जिम्मेवारीबाट अलग रहेको उल्लेख गरेका छन् । उनले प्रचण्डले गरी खाँदैनन् भनी १० आरोप समेत लगाएका थिए । एमाओवादीबाट राजिनामा दिएपछि विष्ट विप्लव माओवादीमा जाने तयारी गरेको हल्ला समेत चलेको थियो ।
लोकेन्द्र विष्टले प्रचण्डलाई केके आरोप लगाएर एमाओवादी छाडेका थिए तलका लिंक क्लिक गरेर पढ्नुहोस् :
प्रचण्डमाथि लोकेन्द्र विष्टका १० गम्भीर आरोप
विप्लव माओवादीमा लोकन्द्र विष्ट, एमाओवादीबाट राजिनामा













