एमाओवादी स्थायी समितिबाट राजीनामा दिएर बसेका एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले सो पार्टीका अध्यक्ष प्रचण्डलाई १० वटा आरोप लगाएका छन् । यस्ता छन् प्रचण्डमाथिका विष्टका आरोप :
१. कथित सन्तुलनको नाममा प्रचण्डले सांगठनिक कमाण्ड गुमाउनु ।
२. मूल नेतृत्व र हेर्डक्वाटर टिमबाट कार्यशैलगीगत त्रुटि बढ्दै जानु ।
३. प्रचण्डमा आवश्यकता भन्दा बढी उदारता, उदासिनता र तदर्थता रहेको छ । एउटै प्रदूषित घेराभित्र कैद हुनु ।
४. स्वार्थीहरुको फूलबुट्टेदार रिपोर्ट सुन्ने बानी प्रचण्डमा रहनु ।
५. कुरामा गुट भत्काउने, व्यवहारमा गुटका झुण्डहरु जन्माउने प्रचण्डको दोहोरो चरित्र ।
६. भनाइ र लेखाइमा सामूहिक नेतृत्व, व्यवहारमा एक्लै भ्याइदिने अर्को दोहोरो चरित्र।
७. जनवादी केन्द्रीयताको कुरा घोक्रो सुक्ने गरी गर्ने तर व्यवहारमा एकाहोरो प्रवचन दिन पाउँदा रमाउने।
८. एमाओवादीभित्र जातीवाद, व्यक्तिवाद, नातावाद मौलाएका छन् । प्रचण्ड टुलुटुले हेरिमात्रै रहने, निर्मून नगर्ने उल्टै पक्षपोषण गर्ने ।
९. दोस्रो संविधानसभामा पराजयको कारण पनि प्रचण्ड वा पार्टी हेडक्वाटरबाट भएको अन्तर्घात नै हो ।
१०. पार्टीमा मुखीया र जिम्मावाल शैली व्याप्त हुनु ।












