२८ भदौ, काठमाडौं । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेर अंक बाँडेका छन् । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मनाङ र पुलिसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि सात खेलबाट १२ अंक जोडेको मनाङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सामान सात खेलबाट ८ अंक जोडेको पुलिस तालिकाको छैटौं स्थानमा छ । ८ खेलबाट १६ अंक जोडेको झापा ११ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको सशस्त्र प्रहरीको एपिएफ क्लबको सात खेलबाट १४ अंक छ । वैशाख १२ गतेको भूकम्पपछि रोकिएको राष्ट्रिय लिग फुटबल सोमबारदेखि फेरि सुरु भएको हो ।
प्रतियोगितामा मोफसलका ४ र ए डिभिजनका ५ टोली सहभागी छन् । प्रतियोगिताका खेल होम एण्ड अवेका आधारमा हुनेछन् । भूकम्पका कारण रोकिएको राष्ट्रिय लिग आजबाट पुनः सुरु भएको हो ।













