२४ भदौ, काठमाडौं । हिन्दु राष्ट्र रक्षा महाअभियानका अध्यक्ष स्वामी कमलनयनाचार्यले धर्म निरपेक्षताको पक्षमा वकालत गर्नेहरुलाई गाँउ गाँउबाट बहिष्कार गर्न आह्वान गरेका छन् । काठमाडौँमा वुधबार आयोजित साक्षात्कारमा बोल्दै महाअभियानका अध्यक्ष कमलनयनाचार्यले सबै ओमकार परिवारलाई हिन्दू राष्ट्रको अभियानमा एक जुट हुन आह्वान गर्दै बुट र बन्दुक पडकाएर धर्म निरपेक्षतासहितको संविधान जारी गरे त्यसलाई बाहिष्कार गर्ने बताए । उनले हिन्दू राष्ट्रविनाको संविधान जारी गरे त्यो कागजको खोस्टोमात्रै हुने भन्दै यस्तै अवस्था कायम रहे मुलुकमा धर्मयुद्ध हुने दावी गरे । हिन्दू राष्ट्र कायम हुनु पर्ने मागसहित खुल्ला मञ्चमा आमरण अनसनमा बसेका युवाहरुले ज्यान गुमाउनु परे सरकारले नराम्रो अवस्था बेहोर्नु पर्ने उनले चेतावनी दिए ।












