१६ भदौ, काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटको कारोबार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दे नुवाकोटको बागेश्वरी गाविस ७ घर भई काठमाडौंको नेपालटार बस्ने २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको हो । उनको साथबाट १ हजार दरका ८० थान नक्कली नेपाली नोट र नोट बनाउने मेसिन बरामद भएको प्रहरीले जनाएको छ । उनले बाफलस्थित प्राइमलाइफ वैदेशिक रोजगार म्यादी जीवन बीमामा काम गर्दादेखि नै सक्कली नोटलाई रंगीन फोटोकपी गरेर कारोबार गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा १३ थान नक्कली नोट एकातिर मात्रै फोटोकपी गरेको अवस्थामा फेला पारेको थियो ।












