१६ भदौ, काठमाडौं । मेडिकल माफियाको अन्त्य गर्न भन्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग सुनुवाइ नभएपछि युवाहरुले राजधानीमा मुर्दा जुलुश निकालेका छन् । राज्यको ढुकुटी प्रयोग गर्दै उपचारका लागि विदेश जाने नेताहरुलाई व्यङ्ग्य गर्दै विभिन्न प्रतीकहरुसहित विद्यार्थीहरुले वानेश्वरमा प्रदर्शन गरेका हुन् । उपचार गर्न विदेश जाने नेतालाई पात्रका रुपमा प्रस्तुत गर्नेदेखि उपचार नपाएर मरेका सर्वसाधारणको लाश बनाएर प्रदर्शन गरिएको थियो ।
नेपाली हुँ भनेर मात्र नहुने व्यवहारले नेपाली बन्नुपर्ने नारा लगाउँदै प्रदर्शन गरेका विद्यार्थीहरुले यस्तै नारा लेखिएका टिसर्ट समेत लगाएका थिए । गोविन्द केसीका माग सुनेर माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले केहीबेर सडकमा धना समेत दिएका दिए ।













