यु १९ साफ च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल विजयी बनेको छ । आज भएको खेलमा पेनाल्टीमा हराउँदै नेपाल विजयी भएको हो ।

यससँगै नेपालले दुई दशकपछि उपाधि जितेको छ ।
नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।













