भदौ १२ । थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका प्रमुख राजनीतिक दलका नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेकाले उनीहरु थरुहटमा प्रवेश गरे भौतिक कारवाही गर्ने धम्की दिएका छन् ।

सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले कैलाली घट्नाका मुख्य दोषी प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादीका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराई, लेखराज भट्ट, कांग्रेस नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावल भएको आरोप लगाउँदै उनले उनीहरुलाई तराई र थरुहट आएको बेला भौतिक कार्वाही गर्ने चेतावनी दिएका हुन् । लेखीको यो अभिव्यक्ति शीर्ष नेतामाथि आक्रमण गर्ने धम्कीका रुपमा आएको छ
तर एमाओवादीले भने थारु जातिलाई एउटै क्लस्टरमा राख्नुपर्ने माग गर्दै आएको छ । यही विषयलाई लिएर एमाओवादीले कांग्रेस र एमालेलाई आरोपित गर्दै आएको छ । थारुले अधिकार माग्दा कांग्रेस र एमाले नेताले दमन र अपमान गरेको अभिव्यक्ति बाबुराम भट्टराईले यसरी दिंदै आएका छन् ।
(हेर्नुहोस् भिडियो सहितको समाचार)
लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा धेरै कमजोरी भएको भने स्वीकार गरे।











