११ भदौ, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक अर्थात् इन्सपेक्टर पदको अन्तिम नतिजा प्रकाशित भएको छ। नेपाल प्रहरीले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०६१र६र२४ गते प्रकाशित बिज्ञापनअनुसार विभिन्न चरण पुरा गरी अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका मध्येबाट खुला तथा समावेशी समुह तर्फ अन्तिम नतिजामा उत्तिर्ण हुनेहरुको नाम प्रकाशन गरेको छ।

मुख्य उम्मेद्वार तर्फ १ सय २६ जना र वैकल्पिक तर्फ ९ जना गरी १३५ जनाको नाम प्रकाशित गरेको छ।
नेपाल प्रहरीले खुल्ला तर्फ मुख्य उमेद्वारमा ७५ जना र वैकल्पिकमा २ जना उमेद्वारको नाम प्रकाशन गरेको छ।
त्यस्तै आदिवासी जनजाति तर्फ १७ जना मुख्य उमेद्वार र बैकल्पिकतर्फ ३ जनाको नाम प्रकाशन गरेको छ। साथै ९मधेशी० तर्फ मुख्य उमेद्वारमा ११ जना नाम प्रकाशित भएको छ।
त्यस्तै ९महिला० तर्फ ११ जना मुख्य उमेद्वार र २ जना वैकल्पिक तर्फ उर्तिण भएको छन। साथै दलित तर्फका ८ जना मूख्य उमेद्वारको पनि नाम प्रकाशित गरेको छ। त्यस्तै पिछडिएको क्षेत्र तर्फ मुख्यमा ४ जना र वैकल्पिक तर्फ २ जनाको नाम प्रकाशन गरेको छ।
उतिर्ण उमेद्वारले २०७२/५/२ गते मंगलबार बिहान ११ बजेसम्म प्रवेश–पत्र, नागरिकता प्रमाण–पत्र, शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र तथा प्रमाणित प्रतिलिपिहरु २र२ प्रति एवं पासपोर्ट साईजको श्यामश्वेत फोटो ६ वटा फोटो साथमा लिई प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न समेत सुचना जाहेर गरेको छ। पुरुष उमेद्वारको हकमा भने ढाका टोपी समेत अनिवार्य गरेको छ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्












