५ भदौ, काठमाडौं । गोदावरीमा लागेको बाह्र वर्षे मेला शनिबार एकै दिन पाँच लाखले अवलोकन गरेका छन् । १२ वर्षे सिंहस्त मेलाको पाचौँ दिन शनिबार लगभग ५ लाख श्रदालु भक्तजनहरुले गोदावरी कुण्डमा दर्शनको लागि आएका मेला आयोजक समितिको अनुमान छ ।
भक्तजनहरुको चापलाई मध्यनगर राखी शनिबार कुण्डको ५ धारामा स्नान गर्न नदिई अगाडिको लामकुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको थियो । शनिबारको मेलामा पुगेका श्रदालु भक्तजनहरुमध्ये १० प्रतिशतले मात्र लाम कुण्डमा स्नान गरेका थिए । १० प्रतिशत मध्ये ३ प्रतिशत पुरुषले स्नान गरेका थिए भने ७ प्रतिशत महिलाले स्नान गरेका छन् । भक्तजनकै चापका कारण सातदोवाटोदेखि गोदावरीसम्म लगभग ५ घण्टा सडक जाम भएको थियो ।
ट्राफिकले बैकल्पिक व्यवस्था मिलाउन नसकेको कारण सडक जाम भएको हो । जसको कारण लगभग १ लाख भक्तजनहरु पैदल यात्रा गर्न बाध्य भएका थिए । लगभग २५ हजार मोटरसाइकल आएका थिए भने साना र ठूला गरी लगभग १० हजार गाडी गुडेका थिए ।












