विनाशकारी भूकम्पले नेपालको पर्यटनमा गम्भीर असर पारिरहेको छ । वसन्तपुर दरबार स्क्वायरदेखि ललितपुर र भक्तपुरका दरबार स्क्वायरयहरु नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य हुन् ।
यद्यपि यी स्थलहरु अहिले पनि पर्यटकहरुका लागि त्यतिकै उत्कृष्ट गन्तव्य छन् । सबै संरचनाहरु भत्किएका छैनन् । हेरेर नसकिने कला भक्तपुर दरबार स्क्वायरमा छन् । यिनै सम्पदाहरुलाई नेपालदेश डट कमका फोटोग्राफर कृष्णराज पाण्डेले शनिबारको झरीलाई पनि बेवास्ता गर्दै आफ्नो क्यामेरामा कैद गरे ।
फोटो वाक समूहले हरेक शनिबार गर्ने हरेकस्थलको यात्राका क्रममा यो शनिबार यो समूहले भक्तपुरको यात्रा गर्दै झरी परेका बेलाका तस्वीरहरु खिचेको थियो । त्यसै क्रममा यी तस्वीरहरु लिइएका हुन् ।

















