१८ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई विश्व पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अमेरिका महादेशकै सर्वोच्च शिखर अर्जेन्टिनास्थित अकोन्कगुआ चुचुरोको ढुङ्गो साहसिक चिनोका रुपमा प्रदान गरेका छन् ।
सात महादेशका सातै सर्वोच्च हिमाल आरोहणको सिलसिलामा सञ्जयले अब अन्टार्टिका महादेशको भिन्सन मसिफ शिखर मात्र चुम्न बाँकी छ ।
प्रधानमन्त्री कोइरालाले आरोही सञ्जयले विश्व समुदायमा नेपाललाई परिचित गराउन योगदान र्पुयाएको भन्दै आगामी आरोहणका लागि सफलताको शुभकामना दिए ।
आरोही सञ्जयले यसअघि उक्त ढुङ्गाको आधा भाग खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई हस्तान्तरण गरिसकेका छन् ।












