१८ असार, काठमाडौं । गोठाटारको एक सामुदायिक विद्यालयमा शिक्षकले पढाइरहेको बेला कक्षाकोठामा पसेर तीन युवाले अन्धाधुन्ध चक्कु र रड हानेका छन् । जथाभावी चक्कु हान्दा एक छात्राको देब्रे हातमा गहिरो चोट लागेको छ ।
तेजविनायक उच्च माविमा ८ कक्षामा पढ्ने १५ वर्षीया हेमा कटुवाललाई चुक्कुले लागेको । बिहानी सत्रमा पढाई हुने उक्त विद्यालयमा बिहीबार बिहान १० बजे आएका तीन किशोरको समूहले अन्धाधुन्ध चक्कु र रड हान्दा कटुवाललाई लागेको हो । प्रहरीका अनुसार गाँजा खाने ती युवाहरुले स्कुल भित्र जबरजस्ती छिरेर गरेर तण्डाव मच्चाएका थिए ।
प्रहरीले विद्यालय परिसर भित्र पसेर उद्धण्डता मच्चाउने उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोठाटारका सुलभ पण्डित, नविन दाहाल र अभिनाश दाहाल छन् ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेका उनीहरुलाई नयाँ बानेश्वर वृत्तमा राखिएको छ । स्कुलका प्रिन्सिपल मधुसुदन तिम्सिनाका अनुसार पक्राउ परेकामध्ये नविन स्कुलका पुराना विद्यार्थी हुन् । २०६७ सालमा ९ कक्षामा भर्ना हुन आएका उनी तीन महिना समेत स्कुलमा टिकेनन् ।
साथीसँग झगडा गर्ने, कुटपिट गर्ने लगायत अनुशासनहीन काम गरेपछि उनलाई ुरेष्टिकेटु गरिएको तिम्सिनाले बताए । ‘त्यसपछि ६र६ महिनामा आउँदै यस्तै बितण्डा मच्चाउने गरेका छन्,’ उनले भने ‘हरेक पटक प्रहरीले लैजान्छ, कागज गरेर छाडिदिन्छ ।’
घाइते कटुवालको देब्रे हातमा चक्कुको गहिरो घाउ छ । उनको हातमा १२ टाँका लगाइएको छ । बिहान कक्षा सञ्चालन भइरहेका बेला ढोकामा लात्तीले हान्दै एक विद्यार्थी कक्षा भित्र पसेको विद्यालयका शिक्षक इन्द्र कडरियाले बताए












