९ असार, काठमाडौं । नेपालका ठूला अस्पतालले हुँदै नभएको रोग देखाएर अप्रेसन गरेर मोटो रकम असुल्ने गरेको फेरि एकपल्ट खुलासा भएको छ । अन्तर्राष्ट्रियस्तरको अस्पताल भन्दै प्रचारवाजी गर्ने ग्राण्डी अस्पतालले हुँदै नभएको रोग देखाएर टाउकाको अप्रेसन गर्ने योजना बनाएको पत्रकार गोकर्ण खतिवडाले खुलासा गरेका हुन् ।
ग्राण्डी अस्पतालका चिकित्सकहरुले टाउकोमा ट्युमर भएको बताएका तर दिल्लीको गंगाराम अस्पतालमा जाँच गर्दा ट्युमर नभएर सामान्य संक्रमण भएको पत्ता लागेको उनले नेपालदेश डट कमलाई बताए ।
खतिवडाले ग्राण्डी अस्पतालका डाक्टरहरुले सर्वसाधारणमा कति ठूलो खेलवाड गर्दा रहेछन् भन्ने कुरा आफूले अनुभव गरेपछि मात्रै थाहा भएको पनि उल्लेख गरेका छन् । विना ट्युमर ग्राण्डी अस्पतालले आफ्नो मस्तिष्क चिर्न लागेको भन्दै दिल्लीको मेदान्त अस्पतालसँग पनि त्यस्तै अनुभव रहेको उनले फेसबुकमा उल्लेख गरेका छन् ।
पत्रकार खतिवडाले फेसबुकमा आज विहान पोष्ट गरेको स्टाटस यस्तो छ :
म वास्तावमै थोरै भाग्यमानी मान्छे मध्ये पर्दछु भन्ने कुरा आज पुष्टि भयो । यो चै चमत्कार नै भयो । काठ्मान्डुमा
भयेको भयेदेखि आज मेरो टाउकोको operation भै सकेको हुने थियो । सामान्य infection भयेको मेरो टाउकोलाइ खोलेर थाहा छैन के के गर्ने थिये, Grande Hospital का डाक्टरहरुले ? सर्बसाधारणको स्वास्थ्यमाथी कति ठूलो खेलबाड? कति ठूलो व्यापार हो यो? अनि कसरी बाच्ने सर्बसाधारण? स्वर्ग या नर्क आफुले भोगेपछि मात्रै चिनिन्छ भन्थे बुढापाका, हो रहेछ । यहि सन्सारमा राम पनि रहेछन, रावण पनि रहेछन । अनि यो भारत हैन, महाभारत हो भन्ने फेरि १ पटक पुष्टि भयेको छ मेरो सवालमा चै । काठ्माण्डुबाट Medant Hospital का top Neurosergein Dr A N Jha सङग appointment fix गरेर आयेको थिये म भारत । तर, मेरो सवालमा medant hospital पनि Grande भन्दा फरक रहेन । Medical sector कति धेरै commercialised भैसकेछ भन्ने उदाहरण यहाँ पनि देखियो ।
आखिरमा मैले Sir Gangaram hospital का डाक्टरहरुको साथ पाये । जस्ले आज मलाइ जिवनदान दियेको अनुभूति भैरहेछ मलाइ । Thank you very much Dr S S Chhawada, director of neuro surgery department and senior Dr S S chawala of Gangatam hospital.














