७ असार, काठमाडौं । राजधानीमा डकैती र चोरीका घटना घटाउने योजनासहित हिडेका ६ युवालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले कलंकी, चन्द्रागिरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सर्बेन्द्र खनालले लुटपाट गर्न हिडीरहेको अवश्थामा उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेकामा धादिङका बेगबहादुर तामाङ, सुनसरीका सम्राट राई, काठमाडौं झोरका सुनिल तामाङ र धादिङ लापागाका सन्देश तामाङ, काजी श्रेष्ठ र प्रेम गुरुङ छन् । प्रहरीले सम्राट तामाङको कोठाबाट प्रहरीको चुस्ता कपडा समेत बरामद गरेको छ । उनीहरुको साथबाट २ थान पेस्तोल वरामद भएको प्रहरीले जनाएको छ ।












