२१ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रमा बिहीबार दिउँसो भएको आगलागी डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।
दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्रसहित ७ वटा बारुण यन्त्रले डेढ घण्टापछि नियन्त्रणमा लिएको हो । प्राधिकरणको काउन्टर बिल्डिङमा आगलागी भएको थियो ।
भूकम्पले भत्किएको भवन वेल्डिङ गर्नेक्रममा आगलागी भएको प्राधिकरणका कर्मचारीले बताएका छन् । डिएसपी सन्तोष खड्काले सर्टसर्किट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको बताए।
भवनका कागजपत्रहरु जले पनि मानवीय क्षति भने भएको छैन।












